अमेरिकी राष्ट्रपति बाइडेनको दाबीः युक्रेनमाथि आक्रमण गर्न रुस पूर्ण रूपमा तयार छ

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेनको दाबीः युक्रेनमाथि आक्रमण गर्न रुस पूर्ण रूपमा तयार छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस युक्रेनमाथि आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।

अमेरिकी समय अनुसार शुक्रबार राति सहयोगी राष्ट्रका प्रमुखहरूसँगको वार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिभिजन सम्बोधनमा यो दाबी गरेका हुन्। उनले भने कि हामीसँग रुसको तयारीको बारेमा बलियो गुप्तचर जानकारी छ।

रुसी सेनाले पहिले युक्रेनको राजधानी किभलाई निशाना बनाउने योजना बनाएको पनि बाइडेनले खुलाएकाछन्। उनले किभमा २८ लाख मानिस बसोबास गर्ने र रुसी आक्रमण भएमा उनीहरूको ज्यान खतरामा पर्ने बताए।

यसैबीच युक्रेनमा ग्यास पाइपलाइनमा आक्रमण भएको छ। युक्रेनको लुहान्स्कमा भएको भिडिओ पनि बाहिरिएको छ। आक्रमणपछि युक्रेनको आपतकालीन विभागले मानिसहरूलाई घरमै बस्न आग्रह गरेको छ।

रुसले युक्रेनले अशान्ति फैलाउने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। रुसी समाचार एजेन्सी रिया नाभोस्तीको रिपोर्टअनुसार युक्रेनी पृथकतावादीहरूले गरेको आक्रमणमा ग्यास पाइपलाइनमा क्षति पुगेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved