विश्वकप छनोटमा नेपालको शानदार जितः बलर चम्किएपछि ओमान ३९ रनले पराजित

नेपालभ्युज

विश्वकप छनोटमा नेपालको शानदार जितः बलर चम्किएपछि ओमान ३९ रनले पराजित

काठमाडौं । टी ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा ओमानसँग खराब शुरुआत गरेको नेपालले बलिङको मद्दतमा शानदार जित निकालेको छ।

नेपालले ओमानसामु ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमानका ब्याटसम्यान पनि चल्न सकेनन्। नेपालका लागि सर्वाधिक आरिफ शेखले ३७ बलमा ३८ रन बनाएका थिए। जुन धरापमा पर्न लागेको नेपालको इनिङलाई जिताउन महत्वपूर्ण रह्यो।

त्यस्तै नेपालका कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६/१६ रन बनाउन सके।

लगातार विकेट लिएको नेपालले ओमानलाई ३९ रनले  हराएको हो। त्यसअघि शुरुआती अवस्थाबाटै धर्माएको नेपालको ब्याटिङ अन्तिमसम्म कमजोर देखिए पनि दोस्रो इनिङमा बलरले नेपाललाई जित दिलाउन सके।

९ ओभरमै ६ विकेट गुमाएको ओमानले मात्र ७८ रन मात्र बनाउन सक्यो। ओमानका नसीम खुशमीले मात्र दोहोरो रन (२४) बनाउन सके।

नेपालका कमलसिंह ऐरीले तीन तथा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए।

योसँगै ओमानमाथि नेपालले लगातार दोस्रो जित हात पारेको छ। जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै बलियो बनाएको छ। ओमानलाई यो समूहमा बलियो प्रतिद्वन्द्वी मानिएको थियो। यो समूहमा रहेका दुई टिम क्यानडा र फिलिपिन्स तुलनात्मक रूपमा नेपालका लागि सजिला प्रतिद्वन्द्वी हुन्।

अब नेपालले भोलि (शनिबार) फिलिपन्स र सोमबार क्यानडासँग खेल्नेछ।

नेपाल रहेको समूहको अर्को खेलमा क्यानडाले फिलिपिन्सलाई ११८ रनको भारी अन्तरले पराजित गरेको छ। योसँगै क्यानडा र नेपालले दुई/दुई अंक जोडेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved