गौशलामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

गएराति करीब ९ बजे रामनगरबाट गौशाला तर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए।

नेपालभ्युज

गौशलामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

जनकपुरधाम। महोत्तरीको गौशालामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साइकलमा घर फर्केने क्रममा गएराति स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गौशाला नगरपालिका–११ बस्ने ३५ वर्षीय तेजलाल महतोको मृत्यु भएको हो।

गएराति करीब ९ बजे रामनगरबाट गौशाला तर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए।

गम्भीर घाइते अवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए।

अहिले ठक्कर दिने एम्बुलेन्स र चालक सर्लाही बरहथवा नगरपालिका ९ बस्ने ३४ वर्षीय रामविहारी महतो प्रहरीको नियन्त्रणमा रहेका डीएसपी विष्टले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved