ओली भेट्न बालकोट पुगे फ्रान्सेली राजदूत

एमसीसीबारे सत्तारुढ दलहरूबीच मतभेद देखिएका बेला एकपछि अर्को गर्दै पश्चिमा देशका राजदूतहरूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेटिरहेका छन्।

नेपालभ्युज

ओली भेट्न बालकोट पुगे फ्रान्सेली राजदूत

काठमाडौं । नेपालका लागि फ्रान्सेली राजदूत गिलेस बोर्बाओले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन्। भेटमा नेपाल र फ्रान्सबीचको द्धिपक्षीय सम्बन्धबारे छलफल भएको फ्रेन्च दूतावासले जनाएको छ।

हिजोमात्रै ओलीसँग जर्मन राजदूत डा‍ थोमस प्रिन्जले भेटेका थिए। उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जर्मन दूतावासले जनाएको छ।

एमसीसीबारे सत्तारुढ दलहरूबीच मतभेद देखिएका बेला एकपछि अर्को गर्दै पश्चिमा देशका राजदूतहरूले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेटिरहेका छन्।

यसअघि २५ माघमा ओलीसँग अमेरिकी राजदूत र्यान्डी जे बेरीले भेट गरेका थिए। उनले एमसीसी पारित गराउनका लागि समर्थन गर्न आग्रह गरेका थिए। सत्तारुढ दल नै एक मत हुन नसक्दा एमसीसी सम्झौता संसदमा टेबल हुन सकिरहेको छैन।

नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले यथास्थितीमा एमसीसी अघि बढाउन नसक्ने बताउँदै आएका छन्।

सत्तारुढ दलहरूले साझा धारणा सार्वजनिक गरेपछि मात्रै एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्ने एमालेले बताउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved