मधेशमा देखिएन नेपाल बन्दको प्रभाव

नेपालभ्युज

मधेशमा देखिएन नेपाल बन्दको प्रभाव

जनकपुरधाम। अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा ६ दल र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको असर मधेश प्रदेशमा भने देखिएको छैन।

पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने सबै कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन्। धनुषा, महोत्तरी लगायत अन्य जिल्लामा समान्य अवस्था रहेको छ।

धनुषा जिल्लामा बन्दको असर नपरेको अन्य दिन जस्तै अवस्था सामान्य रहेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए। स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ ओटा कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा आज एक दिनका लागि नेपाल बन्द घोषणा गरेका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved