नेपालको उत्कृष्ट बलिङ, १३५ रनमा समेटियो ओमान

त्यसपछि, दबाबमा ओमानले ६ ओभरको पावर प्लेमा ४३ रनमा तीन विकेट गुमायो। नेपालको कसिलो बलिङ सामु पूरै दबाबमा परेको ओमानले विकेट जोगाएर निकै सुस्त खेल्न थाल्यो।

नेपालभ्युज

नेपालको उत्कृष्ट बलिङ, १३५ रनमा समेटियो ओमान

काठमाडौं। चार देशीय टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई १३५ रनमा रोकेको छ। नेपालको उत्कृष्ट बलिङको कारण घरेलु टिम ओमान पहिलो इनिङमा २० ओभरको खेलमा ६ विकेट गुमाउँदै सामान्य योगफलमा समेटियो।

ओमानको मस्कटस्थित अल अमिरात रंगशालामा पहिलोपटक कप्तानी गरेका सन्दीपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे।

शुरुआत दुई ओभारमा १८ रन खाएको नेपालका लागि तेस्रो ओभरको अन्तिम बलमा फास्ट बलर अभिनास बोहोराले ब्रेक थ्रू दिलाए। उने ओमानका ओपनर कश्यप प्रजापतिलाई बोल्ड आउट गरे।

लगत्तै चौंथो ओभरको पहिलो बलमा नै आरिफ शेखले अर्का ओपनर जतिन्दर सिंहलाई पनि पभेलियनको बाटो देखाएपछि २४ रनमा ओमानका दुवै ओपनर बाहिरिए।

त्यसपछि, दबाबमा ओमानले ६ ओभरको पावर प्लेमा ४३ रनमा तीन विकेट गुमायो। नेपालको कसिलो बलिङ सामु पूरै दबाबमा परेको ओमानले विकेट जोगाएर निकै सुस्त खेल्न थाल्यो।

जसकारण आयोजक ओमान २० ओभरको पूरै खेल खेले पनि १३५ रनमा समेटिन पुग्यो। बलिङमा अभिनास बोहोराले चार ओभरमा मात्र २६ रन खर्चेर तीन विकेट लिए।

त्यसैगरी, कप्तान सन्दीप, कमल ऐरी र अरिफ शेखले एक एक विकेट लिए।

नेपाली बलरले डेथ ओभरमा कसिलो बलिङ गरे। ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ४३ र महोमद नदिमले ३१ रन जोडेका थिए। अब जितका लागि नेपालले १३६ रनको सहज लक्ष्य पछ्याउँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved