उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १९ जना घाइते

नेपालभ्युज

उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १९ जना घाइते

उदयपुर। गाईघाट-नेपालटार खण्डको उदयपुरगढी गाउँपालिका-७ नागबेलीमा प्र-२-०१-००१-त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ।

दुर्घटनामा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको ज्यान गएको छ ।

त्रियुगा नगरपालिका-१६ रातापानीबाट नेपालटारतर्फ विवाहको जन्ती बोकेर जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

डीएसपी गौतमका अनुसार दुर्घटनामा त्यसमा सवार १९ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्रारम्भिक उपचारपछि विराटनगर लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved