आजको मौसम : धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

नेपालभ्युज

आजको मौसम : धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौं । देशका पहाडी भू-भागहरूमा आज (बुधबार) पनि आंशिकदेखि सामान्य बदली रहने र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै देशभर जारी पश्चिमी वायुको सामान्य प्रभाव हट्दै गएको महाशाखाले जनाएको छ। आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका पश्चिमी भू-भागलगायत पहाडी भूभागमा बदली रहने महाशाखाको अनुमान छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। देशका हिमाली तथा उच्च पहाडी भेगका धेरै स्थानमा हिमपात पनि हुने महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved