१९५७ जना संक्रमित, ११ जनाको मृत्यु

नेपालभ्युज

१९५७ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १  हजार ९ सय ५७ जना संक्रमित भएका छन्। यस अवधिमा कोरोनाबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर १२ हजार ६ सय ९२ नमुना परीक्षण गरिएको थियो।

८ हजार ५ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८४ र चार हजार १ सय ५ जनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ७३ गरी एक हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३ जना संक्रमणमुक्त भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ पुगेको छ। जसमध्ये ३४ हजार ९ सय ८३ संक्रिय संक्रमित होम आइसोलेसनमा र १ हजार १ सय ९८ जना संस्थागत आइसोलेसनमा छन्।

उनीहरुमध्ये २५६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ लाख ४ हजार २ सय १६ र मृत्यु हुनेको कुल संख्या ११ हजार ८ सय ३८ पुगेको छ। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४ हजार २१६ पुगेको छ । त्यस्तै मृत्‍यु हुनेको कसंख्या ११ हजार ८३८ पुगेको छ। अहिलेसम्म नौ लाख २० हजार ५९२ जना संक्रमणमुक्त भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved