प्राविधिक शिक्षालय ७५३ स्थानीय तहमै पुर्‍याउँछौँ: शिक्षामन्त्री पौडेल

“भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु,”मन्त्री पौडेलले भने, “अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ।”

नेपालभ्युज

प्राविधिक शिक्षालय ७५३ स्थानीय तहमै पुर्‍याउँछौँ: शिक्षामन्त्री पौडेल

कास्की। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताएका छन्।

मंगलबार कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्‍याउने बताए।

“प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ,” मन्त्री पौडेलले भने, “मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ।”

मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमूनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताए।

“भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु,”मन्त्री पौडेलले भने, “अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ।”

मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालयले योजना अघि बढाएको बताउँदै यसवर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्‍यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री पौडेलले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै चारदेखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताए। पढ्दै कमाउँदै कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै उनले नौदेखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताए।

७ असोज ०७६ मा आंगिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले पाँच करोड छुट्याएको छ।

निर्माणको ठेक्का पाएको रविना कन्स्टक्सन प्रालिले तीन करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिए।

माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको संघीय सांसद दुर्गा विकले बताए। अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved