देव गुरुङको धम्की: प्रधानमन्त्रीले सहमतिबिना एमसीसी बढाए गठबन्धन सकिन्छ (भिडिओ)

नेपालभ्युज

देव गुरुङको धम्की: प्रधानमन्त्रीले सहमतिबिना एमसीसी बढाए गठबन्धन सकिन्छ (भिडिओ)

काठमाडौं। प्रधानमन्त्रीले गठबन्धनको सहमतिबिना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वत्ः समाप्त हुने नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले चेतावनी दिएका छन्।

न्यूज एजेन्सी नेपालसँग आज कुराकानीका क्रममा नेता गुरुङले गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने पनि बताए।

उनले सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। संशोधन नभएसम्म संसदमा टेबुल नहुने उनले बताए। एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने उनले उल्लेख गरे।

उनले भने, “एमसीसी यही रुपमा यथास्थितिमा अनुमोदन हुन सक्दैन। त्यसैले यसलाई संशोधन गर्नुपर्‍यो, परिमार्जन गर्नुपर्‍यो, एमसीसी कम्पनीसँग कुराकानी गर्नुपर्‍यो भन्नेकुरा भइराखेको छ पाँच दल भित्र। कति संशोधन हुन सक्छ, कति परिमार्जित हुनसक्छ, त्यही आधारमा दलहरूबीच कति राष्ट्रिय सहमति हुन्छ, हुँदैन भन्ने कुराको आधारमा अगाडि बढ्ने कुरा हो। अहिले पाँच दलको बीचमा संशोधनको विषय भएको हुनाले संशोधनकै लागि प्रयास गरौँ एमसीसी कम्पनीसँग। उसले संशोधन गर्दिन भनेर जतिसुकै भनेता पनि उसले भनेको बेलामा चाहिँ खुरुखुरु संशोधन हुने, हामीले भनेको बेलामा संशोधन नहुने भनेपछि त यो त असमानताको पराकाष्ठा भयो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved