सात महीना लामो उपचारपछि स्वदेश फर्कँदै ‘साम्बा’

गतवर्षको फागुनमा राष्ट्रिय लिग खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो। त्यसपछि, कतार फुटबल संघको सहयोगमा उपचारका लागि साम्बा गत असारमा कतार गएकी थिइन्।

नेपालभ्युज

सात महीना लामो उपचारपछि स्वदेश फर्कँदै ‘साम्बा’

काठमाडौं। नेपाली राष्ट्रिय महिला टिमकी स्टार स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) घुँडाको शल्यक्रिया र उपचार गरेर आज मंगलबार नेपाल फर्कँदै छिन्। करिब सात महीना लामो उपचारपछि उनी कतारबाट स्वदेश फर्कन लागेकी हुन्।

गतवर्षको फागुनमा राष्ट्रिय लिग खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो। त्यसपछि, कतार फुटबल संघको सहयोगमा उपचारका लागि साम्बा गत असारमा कतार गएकी थिइन्।

असारमा नै उनको दायाँ घुँडाको शल्यक्रिया भएको थियो। उनी हालसम्म कतारमै रहेर थप उपचार गराइरहेकी थिइन्।

उपचार सकेर आज साँझ कतार एयरवेजमार्फत नेपाल फर्कन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

हाल दक्षिण एशियाकै उत्कुष्ट फरवार्डमा पर्ने उनी नेपाली राष्ट्रिय महिला टिमकी सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टिमबाट ३८ गोल गरेकी छन्।

घरेलु फुटबलमा एपीएफबाट खेल्ने उनले दुई पटक भारतीय आई लिग पनि खेलेकी छन्। दुवै पटक उनको टिमले आई लिगको उपाधि जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved