घाइते महिलाको ८ लाख खर्च गरी हेलिकोप्टर चार्टरबाट उद्धार

नेपालभ्युज

घाइते महिलाको ८ लाख खर्च गरी हेलिकोप्टर चार्टरबाट उद्धार
फाइल फोटो

सुर्खेत। हुम्लाका एक महिलाको उपचारका लागि ८ लाख रुपैयाँ खर्च गरेर उद्धार गरिएको छ।

घरको छतबाट लडेर घाइते भएकी नाम्खा गाउँपालिका–५ मुच तुम्कोटकी ५५ वर्षीया छिरिङ तामाङको उपचारका लािग ८ लाखमा खर्च गरेर हेलिकप्टरबाट उद्धार गरिएको हो।

गाईवस्तुलाई घाँस लिन घरको छतमा गएकी उनी लडेर गम्भीर घाइते भएकी थिइन्।

तीन दिनदेखि उपचार नपाएर छट्पटाइरहेकी तामाङलाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

महँगो रकम तिरेर नाम्खा गाउँपालिका– ५ मुचु तुमकोटबाट उपचार काठमाडौं लगिएको उनका श्रीमान् तन्जन तामाङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved