१२ तस्वीरमा हेर्नुहोस् टेकोले धानेका पाटनका घर

बस्ती-बस्तीमा नयाँ नयाँ घर बने। तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको ६ वर्षपछि पनि अझै टेकोकै भरमा अडिएको छ।

नेपालभ्युज

१२ तस्वीरमा हेर्नुहोस् टेकोले धानेका पाटनका घर

काठमाडौं। ०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो। बस्ती-बस्तीमा नयाँ नयाँ घर बने। तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको ६ वर्षपछि पनि अझै टेकोकै भरमा अडिएको छ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन। कतिपय ठाउँमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसक्यो। यसरी लगाइएका टेकाहरू किन हट्न सकेन, टेका लगाइएका घरहरूको पुनर्निर्माण किन भएन ? खोज्नुपर्ने विषय छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved