लिवाङ बजारमा राखिएका सीसी क्यामेरा प्रयोगविहीन

लिवाङ बजारमा राखिएका सीसी क्यामेरा प्रयोगविहीन
फाइल तश्वीर

रोल्पा। रोल्पा नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सीसीटीभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भएका छन्।

विसं २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए। सीसीटीभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती थपिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

प्रहरी निरीक्षक सन्तोष केसीले भने, “सीसीटीभी चालु नभएपछि प्रहरीको थप कार्यभार थपिएको छ, प्रविधिले प्रहरीको कामलाई पनि सहज बनाएकाले सीसीटीभी शान्ति सुरक्षाका लागि अत्यावश्यक हुन्छ।”

वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले जडान गरिएका सिसिटिभीको रेखदेख, मर्मतसम्भार तथा निरन्तरता दिने जिम्मा स्थानीय सरकारको भएकोमा त्यो हुन नसकेको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved