जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु
सांकेतिक तस्वीर

बुटवल। प्युठानको गौमुखी गाउँपालिकास्थित लिवाङ ओखरपाटा भन्ने स्थानमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

शनिबार बिहान एक बजे लुङबाट दुलही लिएर आउँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गौमुखि गाउँपालिका वडा नम्बर ६ लिवाङ ओखरपाटामा दुर्घटना हुँदा ६ जना को घटनास्थलमै मृत्यु भएको लिवाङ प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार जिपमा सवार ७ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि बिजुवार पुर्‍याइएको छ।

जिप सडकदेखि करीब ३ सय मिटर तल खोल्सामा खसेको छ। घाइते तथा मृतकको विवरण आउँन बाकी रहेको लिवाङ प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। यस विषयमा अनुसन्धान जारी रहेको लिवाङ प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved