कोरोनाबाट थप १६ जनाको मृत्यु, संक्रमितभन्दा निको हुने तीन गुणाभन्दा बढी

नेपालभ्युज

कोरोनाबाट थप १६ जनाको मृत्यु, संक्रमितभन्दा निको हुने तीन गुणाभन्दा बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबा १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ११ हजार ७३ जनामा गरिएको परीक्षणबाट २ हजार २६ जनामा संक्रमित थपिएका छन्।

त्यस्तै ८ हजार ४ सय २५ जना संक्रमित कोरोनामुक्त भएका पनि मन्त्रालयले जनाएको छ। आरटी पीसीआरबाट ६ हजार ६ सय ५५ जना र एन्टीजेन विधिबाट ४ हजार ४ सय १८ जना थपिएका छन्।

त्यसैगरी देशभर ५६ हजार ५ सय ५७ जना सक्रिय संक्रमित अझै रहेका पनि मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved