प्रधानमन्त्रीले गरे प्रशिक्षक अलमुताइरीलाई सम्मान

नेपालभ्युज

प्रधानमन्त्रीले गरे प्रशिक्षक अलमुताइरीलाई सम्मान
महिला भलिबल टोलीसँग फुटबल प्रशिक्षक अलमुताइरी ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई सम्मान गरेका छन्। प्रधानमन्त्री निवासमा बालुवाटारमा अलमुताइरी सम्मानित भएका हुन्। गत असोजमा उनको प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको फाइनल यात्रा गरेको थियो।

टोलीका खेलाडीहरू तथा सहायक प्रशिक्षकलाई त्यतिबेलै सम्मान गरिएपनि अलमुताइरी छुटेका थिए। उनी त्यतिबेला कतारमा थिए। प्रधानमन्त्रीसँगको भेटमा अलमुताइरीले रंगशाला निर्माणबारे ध्यानाकर्षण गराएका थिए।

महिला भलिबल टिम सम्मानित

कार्यक्रममा प्रधानमन्त्री देउवाले एभिसी सेन्ट्रल जोनको उपाधि जित्न सफल महिला राष्ट्रिय भलिबल टोलीलाई पनि सम्मान गरेका छन्। गत महीना बंगलादेशमा भएको प्रतियोगिताको उपाधि नेपालले जितेको थियो। उपाधि विजेता भलिबल टोलीका १२ खेलाडीलाई नगद ५ लाख, प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved