अमिताभ बच्चनले २३ करोड भारुमा बेचे दिल्लीको पुर्ख्यौली घर

अमिताभको  उक्त घर खरीद गरेका बडेरले त्यो भवन भत्काएर त्यहाँ पुनर्निर्माण गर्ने बताएका छन्।

नेपालभ्युज

अमिताभ बच्चनले २३ करोड भारुमा बेचे दिल्लीको पुर्ख्यौली घर

एजेन्सी। मेगास्टार अमिताभ बच्चनले दक्षिण दिल्लीको गुलमोहर पार्कमा बनेको आफ्नो पुर्ख्यौली घर बेचेका छन्। बुवा हरिबंशराय बच्चन र आमा तेजी बच्चनले तयार पारेको ‘सोपान’ नामको उक्त घर अमिताभले २३ करोड भारुमा बेचेका हुन्।

उक्त घर ४१८ वर्गमिटरमा फैलिएको थियो। उक्त पुर्ख्यौली घर नेजोन ग्रुपका सीईओ अवनी बडेरले किनेका छन्। इकोनोमिक टाइम्सको रिपोर्टअनुसार उनी बच्चन परिवारनिकट अमिताभका साथी हुन्। अमिताभको  उक्त घर खरीद गरेका बडेरले त्यो भवन भत्काएर त्यहाँ पुनर्निर्माण गर्ने बताएका छन्। बडेरले भनेका छन्, ‘यो धेरै पुरानो घर हो, त्यसैले यसलाई भत्काएर आफ्नै अनुसार पुनर्निर्माण गर्न आवश्यक छ। हामी लामो समयदेखि दक्षिण दिल्लीमा बसिरहेका थियौं र हाम्रो घर नजिकै अर्को सम्पत्ति किन्न चाहन्थ्यौं। यो घर बिक्रीमा रहेको थाहा पाएपछि हामीले किन्यौं।’

मुम्बई सर्नुअघि अमिताभ आमाबुवासँग सोही घरमा बस्थे। हाल अमिताभसँग मुम्बईको जुहु क्षेत्रमा पाँचओटा बंगला छन्, तिनीहरूको नाम जनक, जलसा, प्रतीक्षा, वत्स र अम्म हो। गत वर्ष अमिताभले अंधेरीमा एउटा पोश फ्ल्याट किनेका थिए।

फिल्मको कुरा गर्दा अमिताभ पछिल्लो पटक फिल्म ‘चेहरे’ मा देखिएका थिए। यस फिल्ममा उनीसँगै इमरान हाशमी र रिया चक्रवर्ती पनि थिए। अहिले अमिताभ बच्चन ‘ब्रह्मास्त्र’, ‘रनवे ३४’, ‘गुडबाय’, ‘झुण्ड’ र ‘द ईस्टर्न’को रिमेकमा काम गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved