मेनपावर कम्पनी वर्गीकरण हुँदै

नेपालभ्युज

मेनपावर कम्पनी वर्गीकरण हुँदै

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (मेनपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ।

मन्त्रालयले मेनपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा मेनपावर कम्पनीका प्रतिनिधि सदस्य छन्। कार्यदलले मेनपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्नेछ।

वर्गिकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (मेनपावर कम्पनी) कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए।

वैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। नेपालमा अहिले करिब ८ सय ६० वटा मेनपावर कम्पनी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved