नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार साढे आठ अर्ब बढीको

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार साढे आठ अर्ब बढीको

काठमाडौं। साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेर २ हजार ८७६ दशमलव ७५ अंकमा पुगेर बन्द भएको छ। अघिल्लो कारोबारको तुलनामा आज नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेको छ।

यस दिन १३ मध्ये निर्जीवन बीमा र हाइड्रोपावरबाहेक सबै उपसमूह ओरालो लागेको छ। आज विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट देखिएकोमा त्यसपछि बुद्धभूमि हाइड्रोपावरको शेयर ९ दशमलव ७३ अंकले बढेको छ।

यस दिन कारोबार भने ह्वात्तै बढेको छ। आज आठ अर्ब ६१ करोड २१ लाख रुपैयाँको १ करोड ५७ लाख कित्ता शेयर खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved