चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

नेपालभ्युज

चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ ओटा मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर घर भई चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका बस्ने  १८ वर्षीय समिर तामाङ रहेका छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरी बा प्र ०२,०२५ प १३१८ नम्वर हालेको अबस्थामा कालो रातो रङको २२० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिए।

अनुसन्धानपश्चात् वास्तविक नम्बर बा प्र ०२, ०२९ प ५२०९ भएको उक्त मोटरसाइकल यही  १४ पुसमा भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए।

तामाङलाई थप अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ।
त्यसैगरी ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रंङको २०० सीसीको डुक मोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। महतराले उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट भने परिवर्तन गरेका थिए।

तार्केश्वरका प्रज्वल बोगटीको बास्तबिक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाइकल काठमाण्डौंस्थित भृकुटीमण्डपबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए। मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved