निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड हस्तान्तरण

नेपालभ्युज

निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड हस्तान्तरण

काठमाडौं। निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० ओटा आईसीयू बेड हस्तान्तरण गरेको छ। मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० ओटा आईसीयू बेड हस्तान्तरण गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताए। पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गीक हकको प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ थियो। नेता पोख्रेलले प्रतिष्ठानमा अहिले १५० ओटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिए।

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरूको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए। प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved