चैतभित्रै मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको छ : खानेपानीमन्त्री चौधरी

नेपालभ्युज

चैतभित्रै मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको छ : खानेपानीमन्त्री चौधरी

काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउनेगरी कार्ययोजना बनाएर काम भइरहेको बताएका छन्। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम शुरु भएको तीन महीनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिवद्धता जनाएर काम गरिरहेको बताए।

“अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ। प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ,” उनले भने।

अस्थायी रूपमै भए पनि पहिलेकै परिमाणमा चैतभित्र दैनिक १७ लाख लिटर पानी काठमाडौं उपत्यकामा आउने उनको भनाइ थियो। यसका लागि एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचनालाई अघि बढाउने जानकारी उनले दिए।

आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेकाले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने उनले बताए। गत १ असारमा आएको बाढीले काठमाडौं ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved