भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार संक्रमित

नेपालभ्युज

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार संक्रमित

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ।

सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ। अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ। केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ। मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ। सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४.५९ प्रतिशत भएको जनाइएको छ।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ।

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved