बाराको महागढीमाईमा आगलागीबाट पाँच लाख बराबरको क्षति

नेपालभ्युज

बाराको महागढीमाईमा आगलागीबाट पाँच लाख बराबरको क्षति
सांकेतिक तस्वीर

बारा  । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

स्थानीय कलमोदिन मियाँको पक्की घरमा बिजुलीको तार सर्ट भई अचानक आगलगी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved