चुनाव वैशाखमै भए पनि सामना गर्न तयार छौं : माधव नेपाल

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रूपमा लागि परेको आरोप लगाए। तर प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेकाले ओलीको त्यो प्रयास सफल नहुने उनले बताए।

नेपालभ्युज

चुनाव वैशाखमै भए पनि सामना गर्न तयार छौं : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन्। उनले चुनावबाट आफूहरू नआत्तिएकाले जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताए।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रूपमा लागि परेको आरोप लगाए। तर प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेकाले ओलीको त्यो प्रयास सफल नहुने उनले बताए।

‘‘चुनावसँग हामी आत्तिएका छैनौं, चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं,” उनले भने, ‘‘जनतामा जाने कुराबाट हामी अत्यन्त खुशी पनि हुन्छौं, चुनावको कुराबाट बरु अरु आत्तिएका होलान्।” केपी ओली आफै पनि गठबन्धनको एकता तोड्न खोजिरहेको भन्दै त्यो भ्रम र दाउपेच नचल्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved