टेस्लाको नयाँ ‘रोबोट’लाई लिएर एलन मस्क अत्यन्तै उत्साहित

नेपालभ्युज

टेस्लाको नयाँ ‘रोबोट’लाई लिएर एलन मस्क अत्यन्तै उत्साहित

न्युयोर्क सिटी। आफ्नो टेस्ला कम्पनीले हाल विकास गरिरहेको यन्त्र मानव सन् २०२२ कै सबैभन्दा महत्त्वपूर्ण उत्पादन हुने एलन मस्कले बताएका छन्। टेस्लाले साइबर ट्रक पिकअप, रोडस्टर सुपरकार र सेमी ट्रयाक्टर–ट्रेलरको पनि विकास गरिरहेको छ।

रोबोट परियोजना टेस्लाको कार व्यवसाय भन्दा धेरै महत्त्वपूर्ण हुनेछ। टेस्लाले यति धेरै प्राथमिकता दिएको मानव स्वरूपको यस रोबोटको नाम ‘अप्टिमस’ राखिएको छ।

मस्कले पहिलो पटक गत अगस्टमा टेस्लाको एआई डे इभेन्टमा यस रोबोटको स्वरूप सार्वजनिक गरेका थिए।

टेस्लाले भविष्यमा खतरनाक, लगातार मानव श्रम प्रयोग हुने स्थानमा प्रयोग गर्नका लागि ५ फुट ८ इन्च अग्लो र १ सय २५ वजनको उत्कृष्ट रोबोट विकास गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved