गोङ्गबु सामूहिक बलात्कार प्रकरणका नौ आरोपी पुर्पक्षको लागि थुनामा

नेपालभ्युज

गोङ्गबु सामूहिक बलात्कार प्रकरणका नौ आरोपी पुर्पक्षको लागि थुनामा

काठमाडौं। १२ पुसमा गोङ्गबुमा भएको सामूहिक बलात्कार प्रकरणका नौ जना आरोपी पुर्पक्षको लागि थुनामा पुगेका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो।

मुगुका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली, चन्द्र साउद र अर्घाखाँचीका गोपाल शिरीषलाई अदालतको आदेश अनुसार केन्द्रीय कारागार चलान गरिएको हो।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार अदालतले प्रतिवादी बनाइएका तीन होटेल सञ्चालकसँग चाहिँ ३÷३ लाख रुपैयाँ धरौटी माग गरेको छ। उनीहरू धरौटी बुझाएर छुटेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved