यसपालि सोनाम ल्होसार घरमै

नेपालभ्युज

यसपालि सोनाम ल्होसार घरमै

चितवन। तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होसार’ पर्व घर–घरमा मनाउने भएका छन्। विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना संक्रमणका कारण यस वर्ष ल्होसार घरमा नै बसेर मनाउन लागिएको हो।

यही माघ १९ गते ल्होसार पर्व पर्दछ। नेपाल तामाङ धेदुङ्ग संघ चितवनका अध्यक्ष गोपीराज घलानका अनुसार कोरोना करहका कारण स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएकाले यसवर्ष ल्होसार घरमा नै मनाउन लागिएको हो।

कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी मनाइने उनले बताए। सामान्यतया: गुम्बा, गुठीलगायत क्षेत्रमा भेला भएर मनाउने गरिएकामा यस वर्ष राष्ट्रिय परिस्थितिका कारण समस्या आएको हो। उनले भने, “यही माघ १९ गते परेको ल्होसारमा आफन्तसँग भेटघाटसमेत हुनसक्ने अवस्था रहेन।” यस वर्षबाट गाई वर्गको अन्त्य भई बाघ वर्ग शुरु हुने उनले बताए।

जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनि सोनाम ल्होसार पर्व भव्यताका साथ मनाउने गरिएको थियो। अन्य गुम्बामा पनि यो पर्व मनाउने गरिन्छ। घलानले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्दै घरघरमा पर्व मनाउन आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved