विश्वभर एकै दिन थपिए २१ लाख कोरोना संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ३२ हजार जनाभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

नेपालभ्युज

विश्वभर एकै दिन थपिए २१ लाख कोरोना संक्रमित

काठमाडौं। विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ३२ हजार जनाभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

थपिनेमा भारतमा सबैभन्दा धेरै तीन लाख ५ हजार छन्। फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ९७ हजार र इटलीमा एक लाख ३८ हजार छन्। त्यसैगरी ब्राजिलमा ८४ हजार, जर्मनीमा ७५ हजार, बेलायतमा ७४ हजार, टर्कीमा ६५ हजार र रुसमा ६३ हजार जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा १२ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ४९८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुसमा ६७९, अमेरिकामा ५७०, भारतमा ४७४, इटलीमा २२७, ब्राजिलमा ११८, टर्कीमा १८५, फ्रान्समा ११५ र बेलायतमा ७५ जना छन् ।
निको हुनेमा भारतमा २ लाख ३२ हजार, बेलायतमा एक लाख ६७ हजार, इटलीमा एक लाख ३१ हजार, टर्कीमा ७५ हजार, फ्रान्समा ६७ हजार, अमेरिकामा ३४ हजार र रुसमा २३ हजार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved