मोबाइल चोरेको अभियोगमा दुई प्रहरी पक्राउ (भिडिओसहित)

नेपालभ्युज

मोबाइल चोरेको अभियोगमा दुई प्रहरी पक्राउ (भिडिओसहित)

कैलाली। मोबाइल चोरी गरेको आरोपमा धनगढीमा दुई जना प्रहरी पक्राउ परेका छन्। मोबाइल चोरी गरेको आरोपमा प्रहरीले हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बिहीबार धनगढीस्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट बर्दीमा रहेका दुई प्रहरीले मोबाइल चोरेका थिए। मोबाइल चोरीको सीसीक्यामेरा फुटेज बाहिरिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

पक्राउपछि घटनाका विषयमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रविन विष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved