सेक्युरिटी प्रिन्टिङ प्रेस : ६ महीनापछि ‘स्टिकर’ छाप्न सकिने

नेपालभ्युज

सेक्युरिटी प्रिन्टिङ प्रेस : ६ महीनापछि ‘स्टिकर’ छाप्न सकिने

काभ्रेपलाञ्चोक। सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट आवश्यक बजेट विनियोजन भए आउँदो छ महीनाभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने भएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको उक्त केन्द्रमा गत कात्तिकमा इराकबाट ल्याई जडित दुई थान मेसिनबाट नमूनाका रूपमा मात्रै अन्तःशुल्क ‘स्टिकर’ छापिएको जनाइएको छ।

गत पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माले उक्त केन्द्रको अनुगमन गर्दै केन्द्रमै मन्त्रालयलाई आवश्यक पर्ने अन्तःशुल्क ‘स्टिकर’ तत्कालै छापेर उपलब्ध गराउन निर्देशन दिएका थिए। उनले मन्त्रालयलाई वार्षिक तीन अर्ब रुपैयाँ अन्तःशुल्क ‘स्टिकर’ आवश्यक पर्ने भएकाले मेशिन थप गर्नसमेत आग्रह गरे। त्यस अवसरमा उनले केन्द्रमा अन्यले चोरी गरी नक्कली बनाउन नसक्ने गरी छपाइ गर्न आग्रह गर्दै केन्द्रका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकार पछि नपर्ने आश्वासन दिएका थिए।

केन्द्रले भने मागबमोजिम बजेट उपलब्ध भए मात्रै ६ महीनापछि अन्तःशुल्क ‘स्टिकर’ उत्पादन गर्न सकिने जनाएको छ। “बजेट उपलब्ध भएपछि जनशक्ति र कच्चा पदार्थ उपलब्ध गराउनुपर्छ, त्यसपछि तालिमलगायत व्यवस्थापनले नियमित उत्पादन गर्न छ महिना लाग्छ”, केन्द्रका निर्देशक विकल पौडेलले भने। उनले हाल जडित दुई मेशिनबाट वार्षिक ६० करोड मात्रै अन्तःशुल्क ‘स्टिकर’ छाप्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved