अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच कोरोना र सुरक्षाबारे छलफल

नेपालभ्युज

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच कोरोना र सुरक्षाबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ। भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रित भएको अधिकारीहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुईपक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उनीहरूले छलफल गरेका जनाइएको छ।

त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेसमेत उनीहरूबीच छलफल भएको ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा जनाइएको छ। “बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्बन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायबारे छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ। वाइडेन र किशिदाबीच भौतिक भेट भने कोप २६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved