‘खल्ती’ एप्सको कर्मचारी हुँ भनी ठग्ने दुई जना पक्राउ, यसरी ठगेका थिए

नेपालभ्युज

‘खल्ती’ एप्सको कर्मचारी हुँ भनी ठग्ने दुई जना पक्राउ, यसरी ठगेका थिए

काठमाडौं। ‘खल्ती’ एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गरेको अभियोगमा पर्सा छिपहरमाई गाउँपालिका-२ ठेगाना भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पीडितहरूलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी भएको ‘तपाईंको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईंको मोबाईल नम्बरमा ओटीपी कोड आउँछ, उक्त ओटीपी कोड अरू कसैलाई नदिई टिपाउनू’ भनी पीडितहरूलाई विश्वासमा पारी ओटिपी कोड लिई पीडितकै खल्ती आईडी खोली विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता, ईसेवा, खल्तीजस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम विभिन्न व्यक्तिहरूको नागरीकताको फोटोकपी पेस गरी आईएमई तथा सीटी एक्स्प्रेस मनी ट्रान्सफरबाट निकाली ठगी गरेको प्रहरीको भनाइ छ।

अनलाइन ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved