इलामको अन्तु भ्याली चिया कारखानामा आगलागी

नेपालभ्युज

इलामको अन्तु भ्याली चिया कारखानामा आगलागी
सांकेतिक फोटो।

काठमाडौं।  इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयासमा छ ।

आगलागीबाट ठूलो क्षति भएको छ  पूर्णरूपमा आगलागी नियन्त्रण नभई के–कति क्षति भयो भन्नेबारे जानकारी आएको छैन । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी श्रीअन्तु, सशस्त्र प्रहरी बल बिओपी छब्बसीको टोली तथा स्थानीयवासीको प्रयास जारी छ।

त्यस्तै सूर्योदय नगरपालिकाको बारुणयन्त्र, इलाम नगरपालिका र झापा मेचीनगरको दमकल प्रयोग भइरहेको छ। विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ । आगलागी नियन्त्रणमा खटिएका स्थानीय रुद्र घिमिरेका अनुसार इञ्जिन कोठा, कार्यालय तथा आवास क्षेत्र जलेर नष्ट भएको छ। त्यस्तै भित्र रहेको ७० देखि ८० हजार किलो तयारी चियासमेत फ्याक्ट्रीभित्रै रहेको जानकारी आफूले पाएको उनले बताए।

आगलागी दिउँसैदेखि भए पनि साँघुरो बाटो भएका कारण दमकल पुग्न समय लागेका कारण पनि ठूलो क्षति भएको स्थानीय रुद्र घिमिरेले बताए। ढिलै गरी पुगेका दमकलले अन्तु पोखरीको पानी ल्याएर आगो नियन्त्रणमा सघाउ पुर्याएको उनको भनाइ छ। आगलागी पूर्णरूपमा नियन्त्रणमा नआए पनि अब भने थप आगो फैलिन नसक्ने अवस्थामा पुगेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved