तनहुँ दुर्घटनामा निधन भएका चार जनाको शव आफन्तले बुझे

नेपालभ्युज

तनहुँ दुर्घटनामा निधन भएका चार जनाको शव आफन्तले बुझे
सांकेतिक तस्वीर

तनहुँ। शुक्रबार अन्दाजी राति ८ बजेको समयमा जिप दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आइतबार साँझ चार जनाको शव आफन्तले बुझेका छन्। पीडित पक्ष, पीडक र प्रशासन प्रहरीबीच भएको त्रिपक्षीय छलफलमा सहमति जुटेपछि आफन्तजनले शव बुझेका हुन्।

मृतकका परिवारलाई बीमावापतको रु पाँच लाखका दरले क्षतिपूर्ति दिने र घाइतेको जिपका धनीले उपचार खर्च बेहोर्ने सम्झौता भएको हो। मृतकका परिवारलाई काजकिरीयावापत रु ५० हजारका दरले आजै प्रदान गरी बाँकी रु चार लाख ५० हजार २५ दिनभित्र बुझाउने सहमतिअनुरुप आफन्तजनले शव बुझेका हुन्।

बन्दीपुर–६ का ५३ वर्षीय हरि न्यौपाने र ४८ वर्षीया सुशीलादेवी न्यौपानेबाहेक अन्यको शव आफन्तले बुझेको सामाजिक अभियानकर्मी सिद्धान्त थापामगरले जानकारी दिइन्। मृतक न्यौपानेद्वय श्रीमान्–श्रीमती हुन्। निजका छोरा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले छोरा आएपछि शव बुझ्ने बताइएको छ।

दुर्घटनामा परी मृत्यु भएका सोही स्थानका २४ वर्षीय रोशन गुरुङ, नौ महिनाकी आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बिमाया गुरुङको आज परिवारले शव बुझी लगेका छन्। साराङघाटबाट बन्दीपुरतर्फ जाँदै गरेको ग१ज ६५५५ नंको जिप बन्दीपुर–६ धरमपानीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो भने सात सख्त घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका अन्य आठमध्ये दुई जना डिस्चार्च भई घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। अन्यको भरतपुर शिक्षण अस्पताल चितवनमा उपचार भइरहेको उनले बताए।

तनहुँ जिप दुर्घटना अपडेटः मृतक संख्या ६ पुग्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved