नारायणहिटीपछि धर्मशालामा मन्त्री आलेको आँखा, होटेल निरीक्षण गर्दै

नेपालभ्युज

नारायणहिटीपछि धर्मशालामा मन्त्री आलेको आँखा, होटेल निरीक्षण गर्दै

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न जान लागेका छन्। अहिले केही बेरपछि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा लिजमा लिएको छ। त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटेल भाडामा लिएको छ।

धर्मशाला भाडामा लिएर महँगो होटेल चलाएको भन्दै बतास समूहको आलोचना हुने गरेको छ। उसले भने प्रक्रियाअनुसार भाडामा पाएको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved