आजदेखि बुस्टर डोज, क–कसले पाउँछन् ?

नेपालभ्युज

आजदेखि बुस्टर डोज, क–कसले पाउँछन् ?

काठमाडौं। सरकारले आजदेखि कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिने भएको छ। अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई बुस्टर डोज खोप दिइने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आजदेखि अग्रपंत्तिमा खटिनेहरूलाई बुस्टर डोज दिन भनेको छ।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ।
पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ। पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved