सुर्नया गाउँपालिकालाई एम्बुलेन्स

प्रदेशसभा सदस्य भट्टले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि १२ लाख रुपैयाँ उपलब्ध गराएका थिए।

नेपालभ्युज

सुर्नया गाउँपालिकालाई एम्बुलेन्स

बैतडी। सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स सञ्चालनमा आएको छ। बैतडी क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले स्वास्थ्य कार्यालयमार्फत खरिद गरिएको एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरे।

खरिद प्रक्रिया शुरु भएको झण्डै एक वर्षपछि एम्बुलेन्स ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

प्रदेशसभा सदस्य भट्टले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि १२ लाख रुपैयाँ उपलब्ध गराएका थिए।

कोरोना महामारीका कारण एम्बुलेन्स खरीद प्रक्रियामा ढिलाई भएको बताइएको छ। उक्त गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सास्ती हुँदै आएको थियो।

स्थानीयबासीको मर्कालाई ध्यानमा राखेर आफूले उक्त कार्यक्रमअन्तर्गत एम्बुलेन्सका लागि बजेट उपलब्ध गराएको प्रदेश सांसद भट्टले बताए।

एम्बुलेन्सको अभावमा निजी सवारी साधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानुपर्ने बाध्यता अब अन्त्य भएको छ।

योसँगै जिल्लाका आठ स्थानीय तहसँग आफ्नै एम्बुलेन्स छन्। सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved