तालिवानले ल्यायो पहिलो बजेट, कार्यालय जान नपाएका महिलालाई पनि तलब दिइने

तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन।

नेपालभ्युज

तालिवानले ल्यायो पहिलो बजेट, कार्यालय जान नपाएका महिलालाई पनि तलब दिइने

काठमाडौं। तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ। तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन।

सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो। सम्पूर्ण खर्च सरकारी संस्थाहरूबाट बेहोर्ने जनाएको छ।

महिनौँदेखि तलब नपाएका कर्मचारीहरूले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताए। त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यालय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताए।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो। यसअघि तालिवान सत्तामा आनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गर्थ्यो।

तर, तालिवान सत्तामा आएसँगै पश्चिमा देशहरूले अबौं डलर सहयोग रोक्का गरिदिएका छन्। अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved