उकालो लाग्यो गण्डकीमा कोरोना संक्रमितको ग्राफ, कस्तो छ तयारी ?

संक्रमित हुनेमा कास्की जिल्लाको सबैभन्दा बढी छन्। जिल्लामा बुधबार एकैपटक ६६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो। पर्वत, लमजुङ, गोरखा, र मनाङमा कोराना भइरस संक्रमणदर भने शून्य छ।

उकालो लाग्यो गण्डकीमा कोरोना संक्रमितको ग्राफ, कस्तो छ तयारी ?

पोखरा। गण्डकी प्रदेशमा कोभिड १९ का संक्रमित दिनदिनै बढ्दो छ। पछिल्लो २४ घन्टामा प्रदेशमा कुल ३०६ जनाको परिक्षण गर्दा १२१ जनामा कोरोना पोजेटिभ देखिएको हो।

केही दिनयता प्रत्येक दिन संक्रमित बढ्ने क्रम रोकिएको छैन। आइतबार ३८ जनामा देखिएको संक्रमित संख्या सोमबार ७० र मंगलबार ह्वात्तै बढेर ११४ पुग्यो।

संक्रमित हुनेमा कास्की जिल्लाको सबैभन्दा बढी छन्। जिल्लामा बुधबार एकैपटक ६६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो। पर्वत, लमजुङ, गोरखा, र मनाङमा कोराना भइरस संक्रमणदर भने शून्य छ।

नवलपरासी पूर्वमा २१, स्याङ्जामा आठ, बागलुङमा ११, तनहुँमा सात, म्याग्दीमा चार जना र मुस्ताङमा चार जनामा कोरोना भाइरस पुष्टि भएको हो।

योसँगै प्रदेशभर संक्रमित हुनेको संख्या ८८ हजार ८८१ जना पुगेको छ। जसमध्ये ८७ हजार ३ जना निको भइसकेका छन्। गण्डकी प्रदेशमा अहिले ४५१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

गण्डकी प्रदेशमा कोरोना भइरसबाट मृत्यु हुनेको संख्या एक हजार ४२८ जना पुगेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको संयोजकत्वमा बसेको बैठकले कास्की जिल्लामा कोभिड संक्रमित बिरामीका लागि विशेषज्ञ सेवासहित उपचारको व्यवस्थापन तथा समन्वय गर्न स्वास्थ्य प्राविधिकसहित विशेषज्ञ संयन्त्र टोली गठन गरेको छ।

प्रशासनले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीको संयोजकत्वमा ४ सदस्यीय संयन्त्र गठन गरेको हो। जसमा संक्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी प्रदेश पोखराका निर्देशक डा विकास गौचन, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा शरदचन्द्र बराल र शिशुवा अस्पताल कोभिड उपचार केन्द्रका नर्सिङ अधिकृत प्रतिभा कोइराला छन्।

संयन्त्रले कोभिड १९ को नयाँ भेरियन्ट (ओमिक्रोन सहित)को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा जिल्लामा पर्न सक्ने प्रभाव रोकथाम नियन्त्रण गर्नेछ।

कास्की प्रशासनले मेला महोत्सव लगायत भीडभाडजन्य कार्यक्रम स्थगन गर्न सबैलाई अनुरोध गरेको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको निर्णय पालना गर्न सार्वजनिक आह्वान गरिएको छ।

कस्तो छ तयारी ?

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीले अहिले बिरामी संख्या कम भएकोले असहज नभएको बताए। उनका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ जना कोभिडका बिरामी छन्।

पहिलो र दोस्रो चरणको बेला अक्सिजन प्लान्टमा असहज भए पनि अहिले कुनै समस्या नभएको खत्रीले सुनाए।

“अहिले अक्सिजन प्लान्ट हामीसँगै छ। ५० ओटा बेड छन्,” उनले भने, “५० भन्दा बढी संक्रमित एकैपटक आए भने गाह्रो हुन्छ। त्यसको लागि तयारीमा जुटेका छौँ।”

प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले स्वास्थ्यको मापदण्ड पूरा गर्नको लागि सबैलाई आग्रह गरिरहेको बताए। यसबाहेक भारतबाट आउनेलाई राम्दी नाका र मुग्लिनका रेस्ट गरेरमात्र प्रवेश गराएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved