नेपाल निजामति कर्मचारी युनियनको महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा

नेपालभ्युज

नेपाल निजामति कर्मचारी युनियनको महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं। नेपाल निजामति कर्मचारी युनियनको आठौ महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ। ८ देखि १० माघसम्म काठमाडौंमा आठौ महाधिवेशन आयोजना हुँदैछ।

सम्पुर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागिय अधिवेशनहरु सम्पन्न भइसकेर मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले जनाएको छ। सरकारसँग अनुमति लिएर स्वास्थ मापदण्ड कडाईका साथ पालना गर्दै महाधिवेशन गरिने युनियनले जनाएको छ।

युनियनका उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनमा सहभागि युनियनकर्मीलाई कसरी सुरक्षित रुपमा महाधिवेशनमा सहभागि गराउने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले सरकारसँग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने स्पष्ट पारे।

कोरोनाको संक्रमण बढेपछि सरकारले आउदो माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्दै छ।  त्यस्तै, माघ ७ गते इन्जिनियर्स एसोशियनको पनि महाधिवेशनका लागि मतदान हुँदैछ । लामो समय रोकिएको इन्जिनियर्स एसोशियन महाधिवेशनको मतदान माघ ७ गतेका लागि तोकिएको छ।  त्यस्तै, एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको समेत महाधिवेशन माघको १४ गतेदेखि १६ गतेसम्म हुँदै छ।

निजामति कर्मचारी युनियनको महाधिवेशन माघमा तोकिएकै समयमा गर्नै पर्ने बाध्यता भएकाले कुनैपनि हालतमा नरोकिने बताइएको छ।  युनियनको वर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर यही मितिमा महाधिवेशन गर्ने तयारी गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved