कोरोना अपडेटः भारतमा एकैदिन थपिए दुई लाख नयाँ संक्रमित

महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन्।

नेपालभ्युज

कोरोना अपडेटः भारतमा एकैदिन थपिए दुई लाख नयाँ संक्रमित

काठमाडौं। भारतमा एकैदिनमा झण्डै दुई लाख कोरोनाभाइरसको नयाँ संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन्।

भारतीय स्वास्थ्य मन्त्रालयले देशभर अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ।

दैनिक नयाँ संक्रमितहरुको वृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन्।

दोस्रो धेरै दिल्लीमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ संक्रमित थपिएका अधिकारीहरुले जनाएका छन्। नयाँ संक्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोन भाइरसबाट संक्रमित रहेका जनाइएको छ।

भारतमा सक्रिय संक्रमित र नयाँ संक्रमित दुवैको संख्या तीव्र रुपमा बढ्दै गएको छ। भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय संक्रमित रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved