राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायणको शालिकमा माल्यार्पण

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका शालिकमा माल्यार्पण गरिएको थियो।

नेपालभ्युज

राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायणको शालिकमा माल्यार्पण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका शालिकमा पुष्पहार अर्पण गरेका छन्।

३०० औँ पृथ्वी जन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेकी हुन्।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका शालिकमा माल्यार्पण गरिएको थियो।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका शालिकमा माल्यार्पण गरेका थिए। कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए।

यसअघि, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो। शोभायात्राले राष्ट्रनिर्माताको शालिकमा पनि परिक्रमा गरेको थियो।

२५ चैत १७९९ मा राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरेका थिए। १८२६ मा काठमाडौं उपत्यकाका तीनओटै राज्य विजयी गरी यहीँ राजधानी स्थापना गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved