ओलीको संसद् विघटन निर्णय ठीक प्रमाणित भयो : एमाले उपाध्यक्ष नेम्बाङ

नेपालभ्युज

ओलीको संसद् विघटन निर्णय ठीक प्रमाणित भयो : एमाले उपाध्यक्ष नेम्बाङ
फाइल तस्वीर

इलाम । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन ठीक भएको नेकपा (एमाले) उपाध्यक्ष सुबास नेम्बाङले बताएका छन्। अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरिदिएको भए मुलुकले नयाँ जनप्रतिनिधि पाइसक्ने उनले बताए।

एमाले इलामको दशौं जिल्ला अधिवेशनमा नेम्बाङले भने, “अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेका हुन्थे। तर त्यतिबेला प्रतिगमन भयो भन्नेहरूको कारण देशमा यस्तो अवस्था सिर्जना भयो। न संसद् चल्यो, न सरकारले नै काम गर्न सक्यो।”

सत्तारुढ पाँचदलीय गणबन्धनको आयु सकिएको भन्दै उनले गठबन्धन दुई मिनेट पनि सँगै बस्न सक्ने अवस्थामा नरहेको दाबी गरे। कुनै मान्यताबिनै गठबन्धन बनेको टिप्पणी गरेका नेम्बाङले अदालतसमेत डिफर्म हुन लागेको र यो परिस्थितिको कारक सत्ता गठबन्धन र सरकारको भएको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved