च्यासलसँग पोखरामा भिड्दै मनाङ

नेपालभ्युज

च्यासलसँग पोखरामा भिड्दै मनाङ

काठमाडौं । घरेलु मैदान पोखरामा मनाङ मर्स्याङ्दी क्लबले च्यास युथ क्लबसँग आज प्रतिस्पर्धा गर्दै छ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आठौँ चरणको खेलन्तर्गत यी दुई टोलीबीचको खेल दिउँसो २ बजे हुनेछ।

सात खेलाबाट १६ अंक जोडेको मनाङ लिग तालिकाको दोस्रो स्थानमा छ। पोखरामा शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा मनाङका प्रशिक्षक फुजातोपेले गत सिजनमा पनि च्यासलविरुद्ध जित निकाल्न सफल भएकाले यसपटक पनि बलियो आत्म विश्वाससहित खेलाडी मैदान उत्रिने बताए।

यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले मनाङ बलियो टिम भएकाले रेलिगेसनको खतराबाट जोगिन खेलाडीहरुले सक्दो मेहनत गर्ने र त्यसैअनुसारको तयारी आफूहरूले गरेको बताए।

जम्मा एक खेल जितेको च्यासल पाँच अंक बनाएर लिगको पुछारभन्दा एक स्थान माथि छ। ऊ रेलिगेसनबाट बाहिरिन संघर्षरत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved