महोत्तरीका शीतलहर प्रभावितलाई न्यानो कपडा वितरण

नेपालभ्युज

महोत्तरीका शीतलहर प्रभावितलाई न्यानो कपडा वितरण

जनकपुरधाम । महोत्तरीमा शीतलहर प्रभावितहरूको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले न्यानो कपडा वितरण अभियान सुरु गरेको छ। प्रहरीले उक्त अभियानअन्तर्गत आज बर्दिवास नगरपालिका १२ बिजलपुराको चलकी टोल का ४४ दलित मुसहर घरपरिवारलाई कम्बल वितरण गरियो।

यस अघि जलेश्वर नगरपालिका वडा नं. ३ र ६ का मुसहर समुदायका अति विपन्न ५० घरपरिवारलाई कम्बल वितरण गरिएको थियो। विपद् व्यवस्थापन समितिको तर्फबाट मंगलबार महोत्तरी गाउँपालिका वडा नं. २ र ५ का ३० घर मुसहर परिवार र बुधबार जलेश्वर नगरपालिका–१२ का ४८ घरका अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो। गत सातामात्र नेपाली सेनाले समेत कम्बल र खाद्यान्न वितरण गरेको थियो। यता मनरा सिस्वा नगरपालिकाले विभिन्न वडाहरूमा दाउरा वितरण गरेको थियो ।

शीतलहरले तराई मधेसमा जनजीवन प्रभावित हुन थालेपछि जिल्ला स्थित विपद् व्यवस्थापन समितिले पालिकाहरू तथा अन्य विभिन्न संघ संस्थासँग समन्वय गरी लक्षित वर्गहरूलाई न्यानो कपडा वितरण तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउन लागेकोे महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved