युवासंघले मन्त्री आलेलाई ज्ञापन बुझाउँदै भन्यो -बतास ग्रुपको दुरुपयोग अस्वीकार्य

नेपालभ्युज

युवासंघले मन्त्री आलेलाई ज्ञापन बुझाउँदै भन्यो -बतास ग्रुपको दुरुपयोग अस्वीकार्य

काठमाडौं। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) निकट युवा संघले सार्वजनिक सम्पत्तिहरूको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउँदै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दूरुपयोग गरेर स्थायी संरचना बनाइरहेकोले यो स्वीकार्य हुन नसक्ने बताए।

उनले भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यवसायिक प्रयोजनको लागि भाडामा दिने लज्जाको विषय भएको बताए।

अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भए पनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दुर्लभ सम्पदाहरूको विनाश गरिएको बताए।

अध्यक्ष शाहीले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरूको दुरुपयोग रोक्न सरकारसँग माग गर्दै ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न र भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न पनि आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved