आयातमुखी अर्थतन्त्रका कारण वैदेशिक रोजगारमा जाने बढे : अर्थमन्त्री

नेपालभ्युज

आयातमुखी अर्थतन्त्रका कारण वैदेशिक रोजगारमा जाने बढे : अर्थमन्त्री
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र आयातमुखी भएका कारण वैदेशिक रोजगारमा जानेको संख्या बढेको बताएका छन्। बिहीबार नेपाल निर्यात परिषद् (ईकोन) को २४औँ साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयातमुखी अर्थतन्त्रका कारण ‘श्रम निर्यात’ भइरहेको बताए।

नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेकाले श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो। उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नु नै समस्याको समाधान रहेको बताए।

‘‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौं यही नै मुख्य समस्या हो। संकटको कारण यही हो’’, उनले भने, ‘‘यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी सिर्जना गर्नुको अर्को विकल्प छैन।’’

विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गरेर देशमै रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved